समाज

वीरता लेडी जेसीजलाई कुनै गतिविधि नगर्न नेपाल जेसीजको निर्देशन

By admin

January 24, 2026

झापा । बिर्तामोडस्थित वीरता लेडी जेसीजले प्रक्रिया पूरा नगरी अधिवेशन गरेको र विधान उल्लंघन गरेको विषयमा नेपाल जेसीजले छानबिन र कार्वाही अघि बढाएको छ ।

 

संस्थाकी निवर्तमान अध्यक्ष एवम् निर्वाचन अधिकृत मेनुका ओलीले नेपाल जेसीजलाई समेत अटेर गरी आफू निकटका उम्मेद्वारलाई प्रक्रिया पूरा नगरी हतारमा निर्वाचित भएको घोषणा गरेको र पद हस्तान्तरण गराएपछि वीरता लेडी जेसीज विवादमा फसेको छ ।

 

निर्वाचन प्रक्रिया र विधान उल्लंघनका विषयमा उजुरी परेपछि जेसीजले छानबिन र कार्वाही अघि बढाएको हो । नेपाल जेसीजका महासचिव अमर घिमिरेले वीरता लेडी जेसीजलाई पत्र पठाएर छानबिनका लागि अधिवेशन तथा निर्वाचनसंग सम्वन्धित सबै कागजात मगाएका छन् ।

 

यसैबीच, अर्को जानकारी नहुँदासम्म शाखामा कुनै गतिविधि नगर्न, नगराउन नेपाल जेससीजले वीरता लेडीलाई कडा निर्देशन दिएको छ । नेपाल जेसीजले पत्रमार्फत ६ दिनभित्र सबै कागजात प्रमाणित गरी प्रतिवेदनसहित पठाउन भनेको छ ।