शिक्षा

अर्जुनधाराको ब्राइट बिग्निङको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

By admin

February 02, 2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका-४ स्थित भाङबारीमा रहेको ब्राइट बिग्निङ एकाडेमीको चौथो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

 

विद्यालयको प्राङ्गणमा प्रधानाध्यापक गणेशप्रसाद ओलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षासेवी तथा शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहन ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, रायम्स, मौलिक नृत्य, फेसन सो, चेतनामूलक नाटक आदि प्रस्तुत गरेका थिए ।

 

अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, अग्रज पत्रकार एवम् यलम्बर टाइम्स साप्ताहिकका प्रधान सम्पादक दिपीन राई, विद्यालयका संस्थापक खेमराज ओली, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जीना ओलीलगायतको आतिथ्यता रहेको कार्यक्रममा अभिभावक गोपीकृष्ण भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

 

विद्यालयका सहायक प्रधानाध्यापक यमनलाल दनुवारले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय अन्सुमन ढुङ्गेल र निलम उप्रेतीले सञ्चालन गरेका थिए ।