समाज

दमकमा टिपरको ठक्करबाट चुलाचुलीका जनम र प्रवेशको मृत्यु

By admin

February 04, 2026

झापा । झापाको दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिकाका युवा रहेका छन् ।

 

प्रहरीका अनुसार आज दिउँसो ३ः३० बजे दमक १ बरगाछीस्थित भित्री सडकखण्डमा रामचोकतर्फ जाँदै गरेको मे. १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र. १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

 

दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम चुलाचुली गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राई घाइते भएका थिए । दुवैजनालाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा उपचारको क्रममा दुवैजना घाइतेको मृत्यु भएको हो ।

 

टिपर चालक उदयपुर त्रियुगा ९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।