धरान । झापा ११ फुटबल क्लब सुनसरीको धरानमा जारी प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली हो ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले सातदोबाटो युथ क्लब, ललितपुरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । झापाको जितमा राजेश दाहाल १७, मिनेट र एरोन थापाले ८९ मिनेटमा गोल गरेका हुन् ।सातदोबाटोका लागि बबिरसाले ५८ मिनेटमा सान्त्वना गोल गरे ।
सातदोबाटोका गोलकर्ता बबिरसाले अन्तिमतिर रातो कार्ड खाँदै मैदान छाड्दा टोली १० खेलाडीमा सीमित बनेको थियो । झापाका एरोन थापा खेलको म्यान अफ दि म्याच पनि चुनिए ।