कला

नीतालाई ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

By admin

February 15, 2026

काठमाडौं । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापामगरले जितेकी छन् ।

 

‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले उपाधि उचालिन् ।

 

कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए । टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता घोषित भइन् । टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् ।

 

फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे । शुक्रबार र शनिबार प्रसारित फिनाले एपिसोडमा यस सिजनमा प्रतिस्पर्धा गरिरहेका अन्य ट्यालेन्टले पनि आकर्षक प्रस्तुति दिएका थिए ।