समाज

इलाममा ट्रकले किच्दा बिर्तामोडका व्यवसायी मनोज चौधरीको मृत्यु

By admin

February 23, 2026

झापा । इलामको कन्याममा ट्रकले किचेर बिर्तामोडका एक जना व्यवसायीको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आज बिहान ११ः३५ बजे सूर्योदय नगरपालिका ७ पाल्टाङेस्थित दुर्घटना भएको हो ।

 

बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र. १-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल चालक बिर्तामोड ५ का ३१ वर्षीय टिंकु साहले ब्रेक लगाउने क्रममा सोही मोटरसाइकलमा पछाडि सवार बिर्तामोडकै ५० वर्षीय मनोज चौधरी भगत अचानक मोटरसाइकलबाट लडेका थिए ।

 

सोही बेला विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मृतक चौधरी बिर्तामोडका कस्मेटिक व्यवसायी हुन् ।

 

ट्रक चालक पाँचथर हिलिहाङ ७ बस्ने ३० वर्षीय हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।