समाज

अर्जुनधारा ४ का शिव र नितेश ब्राउन सुगरसहित पक्राउ

By admin

February 23, 2026

धुलाबारी । झापा अर्जुनधारा ४ का शिव दनुवार र नितेश दनुवारलाई झापा प्रहरीले आइतबार प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथमा १ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।