समाज

इलामको उत्तरी क्षेत्रमा असिनासहित वर्षा

By admin

February 24, 2026

इलाम । इलामको लेकाली क्षेत्रमा असिनासहित वर्षा भएको छ । लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको हो । गएको कात्तिक पहिलो सातायता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको स्थानीयले बताएका छन् ।

 

इलामको उत्तरपूर्वी जमुना, जौबारी, माईपोखरी, देउराली, माईमझुवासहितका उत्तरी लेकाली क्षेत्रमा वर्षा भएको जमुनाका स्थानीय निम लम्बू शेर्पाले जानकारी दिए । वर्षा भएपछि अलैंची, चिया र जडीबुटी किसानलाई सिँचाइका लागि राहत मिलेको बताइएको छ ।