समाज

दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो

By admin

February 26, 2026

झापा । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो ।

 

त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडिपट्टि पर्खालको फेदमा सरसफाई गर्ने क्रममा इन्सासको म्यागजिन १ थान र ३ राउण्ड गोली फेला पारेका हुन् । उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।