समाज

निर्वाचन कर्मचारी सवार जिप दुर्घटनामा एकजनाको मृत्यु

By admin

March 02, 2026

काभ्रेपलाञ्चोक । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका २ सिरुबारी भन्ने ठाउँमा ना. ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।

 

सो जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

 

गाडीमा निर्वाचन सामग्रीसहित १०, ११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए । अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।