राजनीति

झापा ५ मा बालेनले ४९ हजार ६१४ को मतान्तरले ओलीकै गढमा हराए

By admin

March 07, 2026

दमक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाह (बालेन) भारी मतअन्तरले विजयी भएका छन् ।

 

प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ को विशाल मतान्तरले पराजित गरेका हुन् । ओलीलाई १८ हजार ७३४ मतमै सीमित राख्दै बालेन नयाँ शक्तिका रुपमा उदाएका हुन् ।

 

६८ हजार ३४८ को विशाल मतले जित दर्ता गर्दै ३६ वर्षीय इन्जिनियर, पूर्व र्‍यापर तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेनले एउटा इतिहास कोरे ।

 

ओलीको अभेद्य मानिएको गढमा गएर चुनाव लड्ने घोषणा गर्दा धेरैले यसलाई बालेनको ‘अपरिपक्व राजनीतिक स्टन्ट’ वा ‘आत्मघाती कदम’ भनेका थिए ।

 

ओलीलाई उनकै आधार क्षेत्रमा हराउनु विना संगठनको पार्टीका लागि ‘फलामको च्युरा चपाउनु’ सरह मानिएको थियो । तर, बालेनले त्यो फलामको च्युरा चपाएर मात्र छाडेनन्, विशाल आँधी ल्याएर ओलीलाई विशाल मतान्तरले पराजित गरेका हुन् ।