समाज

आज देशभर घाम नलाग्ने, केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

By admin

March 10, 2026

झापा । आज देशका धेरै ठाउँमा घाम नलाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता लगातार मौसम बदली भएको र बदली कायमै रहेको छ ।

 

आज बिहानैदेखि धेरै ठाउँमा बादल लागेको छ । एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र कतै हिमपातको सम्भावना छ ।

 

अहिले पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बदली र वर्षासँगै चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।