समाज

सैनिकमोडबाट ढाेका र झ्यालकाे चाैखट बोकेको पिकअपसहित दुईजना पक्राउ

By admin

March 12, 2026

बिर्तामोड । अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब १२ बजे बिर्तामोड ३ सैनिकमोडबाट पक्राउ परेको हो ।

 

चारआलीबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र. १-०१-००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको थियो । गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ ।

 

गाडीसँगै चालक हल्दिवारी १ बस्ने संजय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।