समाज

हल्दिबारीका सुनिल खेतमा डुबेको अवस्थामा फेला

By admin

March 13, 2026

बिर्तामोड । झापाको हल्दिबारीमा एकजना पुरुषको शव भेटिएको छ । स्थानीय ती व्यक्ति खेतमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी २ मिलनचोक पूर्वका ३७ वर्षीय सुनिल राम सोरेनको शव भेटिएको हो । उनी स्थानीय पार्वती पाण्डेको धानखेतमा मृत अवस्थामा भेटिएका हुन् ।

 

स्थानीयले आज बिहान धानबारीमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रहरीका अनुसार उनी हिजो राति कामबाट घर फर्किने क्रममा आएको हावाहुरी र पानीका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

मृतक सोरेनको शव आवश्यक अनुसन्धान तथा जाँचपड्तालपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।