झापा । किर्नाको टोकाइबाट इलामका एक बालकको मृत्यु भएको छ । माई नगरपालिका १०, लुम्बाकको हिमालय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सन्तोष रम्तेलको किर्नाको टोकाइबाट मृत्यु भएको हो ।
बिरामी परेपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा हिजो निधन भएको हो । ती बालकलाई किर्नाले टोकेर चैत १४ गते ज्वरो आएपछि बीएण्डसी अस्पताल भर्ना गरिएको र हिजो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।