पाँचथर । तेस्रो अन्तर्राष्ट्रिय फिदिम भेन्ट्रान्स गोल्डकप आजदेखि सुरु हुँदैछ । हिलिहाङ ६ स्थित जोरपोखरी माविको मैदानमा हुने गोल्डकपमा ८ टोलीको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले उदयपुरको बेलका भेट्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । आजै दोस्रो खेलमा तेह्रथुमको आठराई भेट्रान्सले पाहुना टोली भारतको युनाइटेड फ्रेण्डस् क्लबसँग खेल्नेछ ।
यसैगरी, भोलि र पर्सि पनि दुई दुई खेल हुनेछन् । चैत २८ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख २५ हजारसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले भने नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । अन्य विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।