ए नयाँ वर्ष ! तिमी यसपटक साच्चिकै ‘नयाँ’ भएर आउनु, भित्ते पात्रोका पानामा मात्र होइन, निराशामा आशाको रङ्ग भएर आउनु।
तिम्रा ती निष्पक्ष आँखाले अन्याय र अत्याचारको जालो देख्नुपर्छ। वर्षौँदेखि गुम्सिएका बेथिति र विभेदका पर्खालहरू मेटाउनुपर्छ।
तिमी आउँदा झुल्केघाम केवल सहरका महलमा मात्र नझुल्कियोस्, हुनेखानेका चार दिवारभित्र मात्र खुसीको दियो नबलियोस् ।
किनकि , हुँदा खानेको त्यो झुुपडी, जहाँ सुनौलो भविष्यको सपना बोकेर कोही बाँचिरहेछ, त्यहाँ पनि न्याय र अवसरको उज्यालो दीप यसपालि चै जल्नुपर्छ ।
तिमी, पसिना पुछ्ने रुमाल बन्नु, निमुखालाई ओत दिने छहारी बन्नु। थकित ओठहरूमा मुस्कान भर्ने एउटा सुनौलो अभ्यास बन्नु।
त्यसैले , नयाँ वर्ष ! तिमी केवल समयको एउटा अङ्कमात्र नभई, भुइँमान्छेका लागि बाँच्ने मजबुत आधार, साहस र मौका भएर आउनु। सम्पूर्णमा नयाँ वर्ष २०८३ को शुभकामना।
– जानुका ढुङ्गाना
अर्जुनधारा-७, झापा