समाज

अर्जुनधारामा चोरी घटनाका आरोपित दुईजना पक्राउ

By admin

May 04, 2026

झापा । भद्रपुर नगरपालिका ५ स्थित मेचीपुल नाकाबाट प्रहरीले चोरी मुद्दामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। गत वर्षकाे बाला चतुर्दशीकाे साँझ भएको चोरी घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

मंगलबार राति करिब १० बजे भारतबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा बिर्तामोड ४ नयाँबाडीका ३२ वर्षीय आसिक आलम र भारत पश्चिम बंगाल घर भएका अङसार आलम रहेका छन्।

 

उनीहरूविरुद्ध २०८२ मंसिर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीस्थित दुर्गाबहादुर पौडेल खत्रीको घरमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी परेको थियो। सोही घटनामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी समेत जारी भएको थियो।

 

घटनापछि भारततर्फ लुकीछिपी बस्दै आएका उनीहरू नेपाल फर्किंदै गर्दा पक्राउ परेका हुन्। प्रहरीले दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।