समाज

भद्रपुरमा पैनीमा डुबेर एकजनाको मृत्यु

By admin

May 13, 2026

झापा । झापाको भद्रपुरमा डुबेर एकजनाको मृत्यु भएको छ । भद्रपुर ८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुको मृत्यु भएको हो ।

 

आज बिहान ८ बजे पानीमा डुबिरहेको मृत अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । मादक पदार्थ सेवन गर्ने गरेका किस्कू मातेर पैनीमा लडेपछि उठ्न नसकी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

 

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।