समाज

दमकमा कार र स्कुटी ठोक्किँदा आमाछोरा घाइते

By admin

May 14, 2026

झापा । झापाको दमक नगरपालिका ५ स्थित गणतन्त्र चोकमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । बिहीबार बिहान १० बजे दुर्घटना भएको हो ।

 

पूर्व पश्चिम राजमार्गमा पाडाजुँगीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र. ३-०१-०२३ च ००७३ नम्बरको कार र विपरीत दिशाबाट केर्खातर्फ आउँदै गरेको प्र. १-०१-०१७ प ८५९० नम्बरको स्कुटी एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

 

दुर्घटनामा स्कुटी चालक इलाम माङसेबुङ गाउँपालिका-१ घर भई हाल दमक-१ बस्ने ३४ वर्षीया लीला सिलुङको बाँया हातमा चोट लागेको छ भने उनकै छोरा ६ वर्षीय साइरन मुखियाको बाँया हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

 

उनीहरुको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । उपचारमा कार चालक दमक-७ का ४३ वर्षीय निरबहादुर सिजाली मगर सम्लग्न रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि जनाइएको छ ।