अर्थ बजार

बिर्तामोडका भानु शिवाकोटी चेक बाउन्समा फेरि पक्राउ

By admin

May 15, 2026

झापा । पटक पटक पक्राउ पर्दै आएका बिर्तामोडका भानुप्रसाद शिवाकोटीलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

 

बिर्तामोड नगरपालिका १ बस्ने ५४ वर्षीय भानुप्रसाद शिवाकोटीलाई चेक अनादर (चेक बाउन्स)को कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् । उनले दिएको २९ लाखको चेक बाउन्स भएको थियो ।

 

त्यस्तै बैंकिङ्ग कसूर मुद्दाका अन्य दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका ६ बस्ने ३८ वर्षीय श्रीवास श्रेष्ठ र संखुवासभा खाँदबारी नगरपालिका १३ बस्ने ४२ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।