समाज

मोटरसाइकल दुर्घटनामा कनकाइका मनोज कुमालको मृत्यु

By admin

May 18, 2026

खुदुनाबारी । झापाको अर्जुनधारामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाइ ४ का मनोज कुमाल रहेका छन् ।

 

प्रहरीका अनुसार आइतबार बिहान १०ः३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर-खुदुनाबारी सडक खण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय कुमाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिए पनि त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

 

तर, उपचारको क्रममा साँझ ७ः२५ बजे घाइते कुमालको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।