समाज

झापा कारागारका कैदी पाँचथर नागीका चन्द्र घिमिरेको मृत्यु

By admin

May 23, 2026

झापा । झापा कारागारका एक कैदीको मृत्यु भएको छ । पाँचथर साविक नागी गाविस –९ घर भई हाल जिल्ला कारागार झापामा जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो ।

 

बिहीबार साँझ ५ बजे स्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि राति ९ः४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको थियो ।

 

सोही अस्पतालको आइसीयुमा राखी उपचार भइरहेकोमा गएराति ८ः५० बजे चिकित्सकको सल्लाह अनुसार बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उपचार क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृतकको शव सोही अस्पतालमा रहेको छ । जवरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका घिमिरेले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए ।