समाज

झापामा २० ग्राम ब्राउन सुगरसहित आमाछोरी पक्राउ

By admin

May 29, 2026

झापा । भारतबाट लागूऔषध नेपाल भित्र्याउँदै गर्दा झापाको गौरीगंजबाट आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।

 

बिहीबार साँझ ६ः४५ बजे गौरीगंज २ आँपगाछी सीमामा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत ४ बस्ने ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारी र बीओपी आँपगाछीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २३ ग्राम २९० मिलिग्राम र प्लाष्टिकबाहेक २० ग्राम ३०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।