समाज

पूर्वी तथा मध्य भेगमा पानी, पश्चिममा गर्मी बढ्ने

By admin

June 09, 2026

झापा । गएराति देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ । पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

पूर्वी भेगमा पानी परेर केही गर्मी घटेको महसुस गरिए पनि हिजो नेपालगञ्ज, दिपायल र धनगढीमा सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जको तापक्रम ४० दशमलव ८ डिग्री र धनगढी र दिपायलमा ३९ डिग्री सेल्सियस मापन भएको छ ।

 

महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिमबाहेकका तराई भेगमा तापक्रम क्रमशः गर्मी घट्ने सम्भावना छ । आज देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आज कोशी, बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँ, मधेश प्रदेश र बाँकी हिमाली भेगका एक-दुई ठाउँमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।