अन्तराष्ट्रिय

पाँच पटकको च्याम्पियन ब्राजिललाई मोरक्कोले रोक्यो

By admin

June 14, 2026

एजेन्सी । पाँच पटक च्याम्पियन बनेको ब्राजिललाई मोरक्कोले बराबरीमा रोकेको छ । विश्वकप २०२६ को समूह ’सी’को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट ब्राजिल १-१ को बराबरीमा रोकिएको हो।

 

मोरक्कोले इस्माइल साइबरीको गोलमा २१औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यो लामो समय भने टिकेन र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले एक-एक अंकमा चित्त बुझाए ।

 

प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा मैदानमा उत्रेको ब्राजिलले खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेन । मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

 

यसअघि आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १-१ गोलको बराबरी खेलेका हुन् ।

 

खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलायो ।