शनिश्चरे । नेपाल तेक्वान्दो संघ झापाको आयोजनामा आइतबार खेलाडीलाई लक्षित एकदिने खेल पोषण र आहार व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
झापाको अर्जुनधारामा रहेको सुखानी सहिद स्मृति उद्यानको सभाहलमा आयोजित कार्यक्रममा ८ वटा डोजाङ १२० जनाभन्दा बढी खेलाडीहरु सहभागी थिए ।
उनीहरुलाई बिएन्डसी हस्पिटलकी डाइटिसियनद्वय निता श्रेष्ठ र सपना गौतमले खेलाडीका लागि पोषण र आहारविहारका बारेमा जानकारी गराएका थिए ।
खेलाडीलाई पोषणसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा लक्ष्मीपुर, शनिश्चरे, चारपाने, खुदुनाबारी, कनकाई, गौरीगञ्ज, नवदुर्गा र डेल्टा डोजाङका खेलाडीहरुको सहभागिता रहेको संघका कोषाध्यक्ष विवेक गिरीले जानकारी दिए ।
संघका जिल्ला अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपेन धिमाल, सदस्यहरु राजकुमार दर्जी, लक्ष्मी राजवंशी, दिपेन दनुवारलगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले खेलाडी र उनीहरुका अभिभावकहरुलाई उद्यान र सुखानी सहिद प्रतिष्ठानका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संंघका सचिव योगेन्द्र रिजालले गरेका थिए ।