अन्तराष्ट्रिय

बराबरीमा रोकिएपछि रोनाल्डोको सन्देश: ‘हामीले चाहेजस्तो भएन, शिर उच्च राख्नुहोस्’

By admin

June 18, 2026

झापा  (एजेन्सी)। फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएपछि पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकलाई निराश नहुन आग्रह गरेका छन् ।

 

खेल सकिएपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै स्ट्राइकर रोनाल्डोले भनेका छन्, हामीले चाहेजस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन । शिर उच्च राख्नुहोस् र अर्को खेलमा ध्यान केन्द्रित गर्नुहोस् ।

 

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको थियो । पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

 

तर, ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।

 

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन ।

 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरे पनि उनले गोल भने गर्न सकेनन् ।