समाज

नालीमा डुबेर गौरीगञ्जका बृद्धको मृत्यु

By admin

June 18, 2026

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलका अन्दाजी ६० वर्षीय रबि सोरेनको नालीको पानीमा डुबेर मृत्यु भएको छ।

 

प्रहरीका अनुसार गएराति करिब १० बजे आफ्नै घरदेखि करिब ५० मिटर दक्षिणतर्फ रहेको सडकको नालीमा डुबेको अवस्थामा सोरेन मृत फेला परेका थिए। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी कोरोबारीबाट टोली खटिएर घटनास्थल सुरक्षित गरेको थियो।

 

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।