समाज

झापामा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा बाबु-छोरीको मृत्यु

By admin

June 19, 2026

झापा । झापाको कन्काई नगरपालिकामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा बाबु-छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी हजुरआमा घाइते भएकी छन् ।

 

आज मध्यान्ह कनकाई ५ तुलसीबारीस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे. ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्किँदै गरेको मे. १ त ७४०४ नम्बरको ट्रयाक्टर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका ३ का २० वर्षीय समिर अली र पछाडि सवार उनकी आमा ४५ वर्षीया नुरेश सादेवी, उनकी छोरी ५ वर्षीया हाजिरा खातुनसमेत तीन जना घाइते भएका थिए ।

 

घाइतेहरुलाई कन्काई नगर अस्पताल सुरुङ्गा पठाइएकोमा उक्त अस्पतालमा पुग्नसाथ डाक्टरले चेकजाँच गर्दा समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए । नुरेश सादेवीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

 

मोटरसाइकल, ट्याक्टर र चालक कनकाई ५ बस्ने ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।