अर्थ बजार

बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी

By admin

June 21, 2026

झापा । बिर्तामोड १ मा रहेको बीवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डछेउमा विकास बस्नेतले संचालन गर्दै आएको सर्भिस सेन्टरमा आज बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो ।

 

आगलागीबाट विभिन्न मोटर पार्टसहरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जनाइएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने जोगाइएको छ । बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा बिहान ५ः१० बजे आगो नियन्त्रणमा आएको थियो ।