समाज

बिर्तामोडका रोहित र सन्तोष ब्राउन सुगरसहित पक्राउ

By admin

June 23, 2026

झापा । सोमबार साँझ हुलाकी मार्गमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् ।

 

साँझ ७ बजे झापा गाउँपालिका ५ पन्थापाडास्थित हुलाकी मार्गमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड १० का २२ वर्षीय रोहित कटुवाल र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष राजवंशीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा दुवै जनाले ४ वटा कालो प्लाष्टिकले पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित प्लाष्टिकबाहेक ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरी चौकी शरणामतीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।