अन्तराष्ट्रिय

ब्राजिल र पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा

By admin

June 30, 2026

एजेन्सी । चार पटकको विश्वकप विजेता ब्राजिल र पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

 

ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलले ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । ब्राजिलले अन्तिम ३२ को प्रतिस्पर्धामा जापानलाई २-१ गोलले पराजित गर्‍यो ।

 

काइसु सानोले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै जापानलाई २९ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, ५६औँ मिनेटमा मार्टिनेलीको क्रसमा कासेमिरोले हेड गोल गर्दै ब्राजिललाई १-१ को बराबरीमा ल्याएका थिए ।

 

खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए ।

 

अर्को खेलमा पाराग्वेले सडन डेथमा जर्मनीलाई पराजित गर्दै मंगलबार अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो ।

 

निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो । पाराग्वेले ४२औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो । तर, त्यो लामो समय टिकेन र ५४औं मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काएका थिए ।