समाज

अर्जुनधारामा ब्राउन सुगरसहित एकजना पक्राउ

By admin

June 30, 2026

झापा । झापाको अर्जुनधारामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

 

सोमबार राति ११ बजे अर्जुनधारा ९ स्थित शनिश्चरे अस्पतालनजिकै प्रहरी चौकी शनिश्चरेबाट खटिएको गस्ती टोलीले कन्काई ३ बस्ने ३३ वर्षीय नन्दकिशोर गुप्तालाई पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर १ ग्राम, नगद ७ हजार १५ रुपैयाँ र मोबाइल एक थान फेला परेको थियो । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।