समाज

बिर्तामोडका सुवेदी हल्दिवारीमा मृत फेला

By admin

July 02, 2026

झापा । झापाको हल्दिवारीमा अनुहार हिलोमा गाडिएको अवस्थामा एकजना व्यक्ति मृत फेला परेका छन् ।

 

हल्दिवारी २ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडकको छेउमा जोतेको खेतको हिलोमा बिर्तामोड ९ बस्ने ४९ वर्षीय होमप्रसाद सुवेदी मृत फेला परेका हुन् ।

 

आज बिहान ५ः२० बजे साइकलसहित अनुहार गाडिएको अवस्थामा उनलाई मृत फेला पारी स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

 

प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतककी छोरी हल्दिबारी २ बस्ने योगमाया सुवेदी भट्टराईले शवको पहिचान गरेकी थिइन् ।