समाज

तीन दिनमा तीन जनाले गरे आत्मदाह प्रयास, दुई जनाको मृत्यु

By admin

July 11, 2026

झापा । बितेको तीन दिनमा तीन जनाले आत्मदाहको प्रयास गरेका छन् । जसमा दुई जनाको ज्यान गएको छ भने एक जनाको उपचार भइरहेको छ ।

 

प्रहरीका अनुसार शनिबार (आज) बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको हो ।

 

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।

 

यसअघि बिहीबारमात्रै काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

 

यसैगरी शुक्रबार नै सर्लाहीका विवेक मण्डलले आत्मदाहको प्रयास गरेका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि हिजै काठमाडौँ लगिएकाे थियाे ।