अन्तराष्ट्रिय

३२६ ग्राम ब्राउन सुगरसहित नेपाल-भारत सीमामा दुई तस्कर पक्राउ

By admin

July 14, 2026

झापा । भारत-नेपाल सीमामा लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले पनि सक्रियता देखाएपछि भारी मात्रामा ब्राउन सुगरसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

 

किशनगञ्ज जिल्लाको सुखानी प्रहरी चौकी क्षेत्रमा प्रहरी र एसएसबीको संयुक्त टोलीले ३२६ ग्राम ब्राउन सुगरसहित दुई तस्करलाई पक्राउ गरेको हो । भारत-नेपाल सीमामा लागूऔषध ओसारपसार विरुद्धको अभियान जारी छ । उनीहरूको साथबाट ब्राउनसुगरसहित नगद, दुईवटा मोबाइल र एउटा मोटरसाइकल बरामद गरिएको छ।

 

रिपोर्टका अनुसार, आइतबार साँझ एसएसबीको १९औं बटालियनको ई-कम्पनी, सुखानी बीओपीले दुई जना व्यक्तिहरू लागूऔषध किन्न र बेच्न कडोगाउँ बजारमा आउने सूचना प्राप्त गरेका थिए ।

 

गस्ती टोलीले राति करिब १०ः३० बजे तीव्र गतिको मोटरसाइकलमा सवार दुई जना संदिग्धहरूलाई रोक्ने प्रयास गरेको थियो । प्रहरीलाई देखेर उनीहरू मोटरसाइकल छोडेर भागे पनि संयुक्त टोलीले उनीहरूलाई घेरेर पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा बहादुरगञ्ज प्रहरी चौकी गंगी शहर निवासी ४७ वर्षीय साजिद आलम र बहादुरगञ्ज प्रहरी चौकी कुम्हारटोली निवासी २८ वर्षीय तश्बर आलम रहेका छन् ।