झापा (एजेन्सी) । दोस्रोपटक विश्वकप च्याम्पियन बनेको स्पेनले पुरस्कारवापत पाँच करोड डलर प्राप्त गरेको छ । यसैगरी, उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख डलर प्राप्त गरेको छ ।
तेस्रो हुने इंग्ल्यान्डले दुई करोड ९० लाख र चौथो हुने फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर प्राप्त गरेका छन् । यस्तै, क्वार्टरफाइनलसम्म पुग्ने टोलीले एक करोड ९० लाख, अन्तिम १६ मा पुग्ने टोलीले एक करोड ५० लाख, समूह चरण पार गर्ने टोलीले एक करोड १० लाख प्राप्त गरेका छन् ।
यसैगरी, समूह चरणबाट बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर प्राप्त गरेका छन् । यसका अतिरिक्त विश्वकपमा छनोट हुने प्रत्येक टोलीलाई तयारी खर्चका लागि १५ लाख अमेरिकी डलर उपलब्ध गराइएको थियो ।