समाज

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

By admin

July 22, 2026

झापा । आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ । गएराति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ ।

 

पछिल्लो ६ घण्टामा गण्डकीको तनहुँ र कोशीको संखुवासभामा सबैभन्दा धेरै ५१ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भागको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।