काठमाण्डौ । देशका मध्य र पूर्वी क्षेत्रमा गएराति पानी परेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक, दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा ८० मिलिमिटर मापन भएको छ । बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।