शनिश्चरे । झापाको अर्जुनधारास्थित मदनपुरमा म्याजिक भेन र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् । दुर्घटना बिहीबार राति ९ः३० बजे भएको हो ।
अर्जुनधारा १ मदनपुरस्थित शनिश्चरे–खुदुनाबारी पक्की सडक खण्डमा खुदुनाबारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे. १ ज २५३८ नम्बरको म्याजिक भेन र विपरीत दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६ प १४६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा म्याजिक भेन चालक अर्जुनधारा १ का ४४ वर्षीय नेत्रबहादुर खत्री घाइते भएका छन् । निधारमा चोट लागेका उनको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ ।
त्यस्तै, मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय आकाश लिम्बू पनि घाइते छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुबै सवारी साधन प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।