अर्थ बजार

बिर्तामोडबाट ९ लाखको भन्सार छलीका सामान बरामद

By admin

August 14, 2026

बिर्तामोड । झापाको बिर्तामोडमा भन्सार छली गरी ल्याएको ९ लाख ५ हजार ४५ं रुपैयाँबराबरको अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिहीबार साँझ बिर्तामोड ५ को त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट सामान बरामद गरेको हो ।

 

बरामद गरिएका सामानहरुमा हुडी, ज्याकेट , केटाकेटीको टाउजर, विभिन्न प्रकारका भेष्ट ,अमूल पिज्जा चिज, दूध पाउडर, मिल्किस्ट चिज बिस्कुट, हल्दिरामको पालक पनिर पाउडर, हल्दिरामको मटर पनिर, मिश्रीलगायत रहेका छन् ।