समाज

झापा गाउँपालिकामा ब्राउन सुगरसहित शिवसताक्षीका तीन युवा पक्राउ

By admin

August 22, 2026

झापा । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा सीमावर्ती झापा गाउँपालिकामा एक नाबालकसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू शिवसताक्षाी नगरपालिकाका युवा छन् ।

 

शुक्रबार राति १०ः१० बजे झापा गाउँपालिका ४ चर्तागाछीमा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी ९ बस्ने १७ वर्षीय गौरव चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

उनको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट २ पत्ता फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ ।

 

त्यस्तै आज बिहान झापा गाउँपालिका ४ टाघनडुब्बा स्कुल टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा शिवसताक्षी ६ शिवगञ्ज बस्ने २८ का प्रभाष बास्के र सोही ठाउँका २६ वर्षीय फिलिप मर्डीको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ०८ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैजनालाई साइकलसहित नियन्त्रणमा लिई इप्रका कुमरखोदमा राखिएको छ ।