समाज

बिर्तामाेड र कचनकवलबाट ब्राउन सुगरसहित पाँचजना पक्राउ

By admin

August 24, 2026

झापा । झापाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित आइतबार झापामा पाँचजना पक्राउ परेका छन् ।

 

प्रहरी चौकी घेराबारीबाट खटिएको टोलीले कचनकवल १ बनियाभिट्टाबाट स्थानीय २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बू, भद्रपुर ४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउनसुगर र मे. ३ प २३४१ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

 

त्यस्तै, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड ६ का ३४ वर्षीय पदम चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट २९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।