समाज

झापामा २५ ग्राम ब्राउन सुगरसहित खाँदबारीका साजन गुरुङ पक्राउ

By admin

August 30, 2026

झापा । झापाको कन्काई नगरपालिकामा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् ।

 

आइतबार बिहान ४ बजे कन्काई नगरपालिका ४ स्थित कनकाई फुटबल मैदान पछाडि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको गस्ती टोलीले संखुवासभा खाँदबारी घर भई हाल दमक ५ यलम्बर चौकमा डेरा गरी बस्ने २७ वर्षीय साजन गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकसहित २५ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।