समाज

अर्जुनधारामा लागूऔषध बेच्दै गर्दा अटो चालक पक्राउ

By admin

September 07, 2026

शनिश्चरे । झापाको अर्जुनधारामा सञ्चालित साना तथा ठूला सवारी चालकहरु आफैँ लागूऔषध प्रयोगकर्ता र कारोबारी भएको गुनासो आइरहेको बेला एकजना अटो चालक बेच्दै गर्दा पक्राउ परेका छन् ।

 

आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा ७ स्थित वडा कार्यालय छेउमा मे. १ ह २४४३ नम्बरको पहेलो अटोमा लागूऔषध (ब्राउनसुगर) बिक्री गरिरहेको अवस्थामा स्थानीय ३३ वर्षीय सागर दर्जी पक्राउ परेका हुन् ।

 

गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डमा गएको टोलीले दर्जीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ ।