दमक । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।
आज दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ बाट लागूऔषधसहित दुई भारतीय कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष १९ का मोहम्मद फिरोज र भारत बिहार जिल्ला अररिया बौकामजरफ ठेगाना भएका वर्ष २५ का चन्द्रकुमार मण्डल रहेका छन् ।
उनीहरूको साथबाट ४१.२३० ग्राम ब्राउनसुगर फेला परेको लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाले जनाएको छ ।