समाज

अर्जुनधाराका गोविन्द र कृष्ण १०.२७० ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

September 08, 2026

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधाराका दुई युवक पक्राउ परेका छन् ।

 

सोमबार दिउँसो ४ बजे मेचीनगर ६ स्थित दुर्गा मन्दिरमा अर्जुनधारा ११ देउनिया टोल बस्ने २१ वर्षीय गोविन्द श्रेष्ठ र अर्जुनधारा ११ कै ३० वर्षीय कृष्णबहादुर प्रधान लागूऔषधसहित पक्राउ परेका हुन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागूऔषध खरिद गरी ल्याइरहेको सूचनाको आधारमा उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ग्राम ६५० मिलिग्राम र प्लाष्टिक बाहेक १० ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

 

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।