समाज

बिर्तामोडबाट अनलाइन सट्टावाजीको आरोपमा तीन जना पक्राउ

By admin

September 09, 2026

बिर्तामोड । अनलाइन सट्टावाजीको आरोपमा झापाको बिर्तामोडबाट तीनजना पक्राउ परेका छन् । तीन महिनाअघि पनि बिर्तामोडमा अनलाइन सट्टाबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए ।

 

आज बिहान ९ः३० बजे बिर्तामोड ४ स्थित वृक्ष क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने युवाहरुको परिचय खुलाइएको छैन । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

 

पक्राउ परेका युवाहरुको बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि प्रेस विज्ञप्ति जारी गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए ।