अर्थ बजार

झापामा सशस्त्र प्रहरीद्वारा ६ लाख ६० हजार मूल्यको लत्ताकपडा बरामद

By admin

September 14, 2026

झापा। झापाको मेचीनगरबाट सशस्त्र प्रहरीको टोलीले ६ लाख ६० हजार ९ सय रुपैयाँबराबरको अवैधरुपमा भित्र्याइएका सामान बरामद गरेको छ।

 

मेचीनगर नगरपालिका ६ स्थित भन्सार ढाट सीमा इलाकाबाट आइतबार दिउँसो २ः३० बजे भारतबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्पोर्ट सुज, कुर्ता तथा जामा बरामद गरिएको हो।

 

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा खटिएको बीआइटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

 

बरामद गरिएका सामानमा ६ लाख २० हजार रुपैयाँबराबरको १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँबराबरको ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरको २२ पिस जामा गरी जम्मा ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको सामान रहेका छन्।